संखुवासभाका ८ मतदानस्थल अति संवेदनशीलकाे सूचीमा

संखुवासभाका ८ मतदानस्थल अति संवेदनशीलकाे सूचीमा

केन्द्रबिन्दु
0
Shares

संखुवासभाका  लागि ८ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समिति संखुवासभाले ८ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको हो।

जिल्लाका १०३ वटा मतदानस्थल मध्ये सुरक्षा संवेदनशीलताको हिसाबले ८ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए। 

१०३ वटा मतदानस्थल मध्ये ७९ वटा मतदानस्थल संवेदनशील, १६ वटा मतदानस्थल सामान्य र ८ वटा मतदानस्थल अति संवेदनशील सूचीमा वर्गिकरण गरिएको सहायक प्रजिअ घिमिरेले बताए। भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरि मतदानस्थल तथा केन्द्र छुट्याइएको बताइएको छ।

सुरक्षा समितिले ती मतदानस्थललाई अति संवेदनशील सूचीमा परेका मतदानस्थलमा सुरक्षा प्रबन्ध मिलाइने घिमिरेले बताए। अति संवेदनशील मतदानस्थलमा ३ हजार ४३८ जना मतदाता रहेका छन् । जिल्लामा ६० हजार ६७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरि १ लाख १७ हजार ७३१ जना मतदाता रहेका छन् । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरि सुरक्षा व्यवस्था मिलाउने बताइएको छ।

अति संवेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने सहायक प्रजिअ घिमिरेले बताए। निर्वाचन आयोगले १० वटै स्थानीय तहका लागि अधिकृत र निर्वाचन अधिकृत तोकिसकेको छ। 

Logo