डा. शशांक कोइरालाकाे अनुभव, ‘निर्वाचन खर्च ज्यादै महँगाे’

डा. शशांक कोइरालाकाे अनुभव, ‘निर्वाचन खर्च ज्यादै महँगाे’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचन खर्च महँगो हुँदै गएको बताएका छन्। खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उनको भनाइ छ। 

नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उनले बताए। ‘तीन पटक निर्वाचन लडें। पहिलो पटक ८० हजार खर्च भयो। दोस्रो पटक तीन करोड खर्च भयो र तेस्रो पटक ६ करोड खर्च भयो,’ नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भने। 

उनले विद्यार्थीलाई राजनीतिभन्दा पनि अध्ययनमा जोड दिन आग्रह गरे। देश बनाउने युवा विद्यार्थीहरू भन्दै  उनले अध्ययन सकेर राजनीतिमा आउनुपर्नेमा जोड दिए।

Logo