कोरोना नियन्त्रणका लागि संसदीय समिति गठन गर्न सांसदहरुको माग

कोरोना नियन्त्रणका लागि संसदीय समिति गठन गर्न सांसदहरुको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर कोरोना नियन्त्रणका लागि भए गरेका कामको अनुगमन गर्न संसदीय समिति गठनको माग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको भन्दै सांसदहरुले छुट्टै संसदीय समिति गठनको माग गरेका हुन् ।

अहिलेको अवस्थामा संसदमा रहेका समितिहरुको छुट्टाछुट्टै बैठक बसेर आवश्यक निर्णयहरु भएपनि प्रभावकारी नदेखिएकाले छुट्टै समिति गठनका लागि माग गरिएको नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले बताए । संसदमा १६ समिति भएपनि भूमिका प्रभावकारी नभएकाले सभामुखको नेतृत्वमा सरकारलाई राय सुझाव दिने र अनुगमन गर्ने सबैको प्रतिनिधित्व हुनेगरी संसदीय समिति बनाउनुपर्ने माग गरिएको उनको भनाइ छ ।

त्यस्तै सांसद राजेन्द्र श्रेष्ठले कोरोना महामारी संकटको सामना गर्न सर्वपक्षीय संयन्त्रको आवश्यता भएपनि सरकारले त्यतातिर ध्यान नदिएकाले संसदीय समितिको आवश्यकता देखिएको बताए । भेटपछि सभामुख सापकोटाले सकारात्मक प्रतिकृया दिएको सांसद प्रधानले बताए । ऐन, नियममा टेकेर सबै दलहरुको सहमतिमा संसदीय समिति निर्माण गर्ने प्रकृया अगाडि बढाउने प्रतिवद्धता सभामुख सापकोटाले गरेको बताए ।

Logo