४ जनामा सीमित कोरोना संक्रमित

४ जनामा सीमित कोरोना संक्रमित

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर २ हजार ७४० नमूना परीक्षण गर्दा ४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा ८७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५९२ जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २० हजार ८२८ रहेको छ ।

Logo