इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार भएको फरक खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन्।
राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो। जितका लागि १६६ रनको लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो।
लखनऊका क्विन्टन डि ककले सर्वाधिक ३९ रन बनाए। मार्कस स्टोइनिसले ३८ रनको योगदान गरे।
राजस्थानका युजभेन्द्र चहलले एक्लै ४ विकेट लिए। यस्तै ट्रेन्ट बोल्टले २ विकेट झारे। यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो।
राजस्थानका शिम्रन हेटमायरले सर्वाधिक ५९ रन बनाए। देवदत्त पाडिक्कलले २९ रनको योगदान गरे । जितसँगै राजस्थान ४ खेलमा ३ जित र १ हारसहित ६ अंक जोड्दै शीर्ष स्थानमा छ।
लखनउ ५ खेलमा ३ जित दुई हारसहित पाँचौं स्थानमा छ। यस्तै अर्को खेलमा दिल्ली क्यापिटल्सले शीर्ष स्थानको कोलकत्ता नाइट राइडर्सलाई ४४ रनले पराजित गरेको छ।
दिल्लीले दिएको २१६ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १७१ रन मात्र बनाउन सक्यो।
कोलकत्ताका कप्तान श्रेयस एयरले सर्वाधिक ५४ रन बनाए। दिल्लीका कुलदिप यादवले ४ तथा खलिल अहमेदले ३ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २१५ रनको विशाल योगफल बनायो।
दिल्लीका डेभिड वार्नरले सर्वाधिक ६१ रन बनाउँदा पृथ्वी शले ५१ रनको योगदान गरे।





























प्रतिक्रिया