जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज दिउँसो प्रदेश-१, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भेगको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
आज राति प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ।































प्रतिक्रिया