राष्ट्रिय सभा सदस्य दाहालको सपथ ग्रहण मंगलबार

राष्ट्रिय सभा सदस्य दाहालको सपथ ग्रहण मंगलबार

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालको सपथ ग्रहण मंगलबार हुने भएको छ। संसद्को दिगो विकास तथा सुशासन समितिको कार्यकक्षमा बिहान ११ बजे सपथ ग्रहण हुने भएको हो। 

दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन्। पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको स्थानमा उनको मनोनयन भएको हो। 

मन्त्रिपरिषद् बैठकको सिफारिसको आधारमा २५ चैतमा राष्ट्रपति विदादेवी भण्डारीले दाहाललाई मनोनयन गरेकी थिइन्। 

बिडारीसहित २० जना राष्ट्रिय सभा सदस्यको १२ माघमा चार वर्षे कार्यकाल पूरा भएको थियो। १९ जनाको स्थानमा निर्वाचन भएको र १८ जना पाँच दलीय गठबन्धनको र एकजना एमालेबाट निर्वाचित भइसकेका छन्। उनीहरूले यसअघि नै सपथ ग्रहण गरिसकेका छन्। तर, बिडारीको स्थानमा भने मनोनीत हुन बाँकी थियो। सोही स्थानमा दाहाल मनोनीत भएका हुन्। 

Logo