नेकपा एमाले ढकारी गाउँ संगठन कमिटीले आगामी स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेर पठाएको छ।
संगठन कमिटीको भेलाले एमाले अछामका पुराना नेता धर्मबहादुर शाहीलाई अध्यक्ष र युवा नेतृ एमाले जिल्ला सदस्य मायादेवी बुढालाई उपाध्यक्षको उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेर माथिल्लो कमिटीमा पठाएको हो।
पालिका अध्यक्ष अमरसिंह बुढाको अध्यक्षतामा भएको बैठकमा उम्मेदवार छनौटका लागि गाउँपालिका संगठन कमिटी सचिव नहकुल साउदले राखेको प्रस्ताव भेलाले सर्वसम्मतअनुमोदन गरेको थियो ।
भेलामा ढकारी गाउँपालिका अन्तर्गतका ८ मध्ये ३ वटा वडामा वडाध्यक्षका उम्मेदवार पनि सर्वसम्मत चयन भएका छन् ।
पालिकाको वडा नम्बर ३ बाट धनबहादुर बुढा, वडा नम्बर ४ बाट नैनसिंह बुढा र वडा नम्बर ८ बाट दिपेन्द्र खड्कालाई वडाध्यक्षको उम्मेदवारका लागि सिफारिस गरिएको हो।





























प्रतिक्रिया