भक्तपुरमा मोटरसाइकल दुर्घटना, चार महिने छोरीको मृत्यु, बुबा र आमा घाइते

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चार महिने छोरीको मृत्यु, बुबा र आमा घाइते

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् । मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२-०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् ।

उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा उनको मृत्यु भएको हो । बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा। इवामुरा अस्पतालमा उपचार भएको छ । 
 

Logo