स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा उम्मेदवार बाँडफाँटको निर्णय केन्द्रीय संयन्त्रले नै गर्ने सत्ता गठबन्धन दलहरूबीच सहमति भएको छ । मंगलबार बसेको गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रले यस्तो निर्णय गरेको हो ।
यस्तै नगरपालिका र गाउँपालिकाका उम्मेदवारको सन्दर्भमा मेयर, उपमेयर साथै अध्यक्ष र उपाध्यक्ष पदको सिट बाँडफाँटबारे जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले केन्द्रलाई पठाउने सहमति भएको छ ।
नियर्णय अनुसार यसरी जिल्ला संयन्त्रले स्थानीय तहका उम्मेदवारबारे वैशाख ३ गतेभित्र प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले वैशाख ५ गतेभित्र केन्द्र संयन्त्रलाई निर्णय पठाउने छ । यस्तै गठबन्धन दलहरूले सिट बाँडफाँटका आधारहरु समेत तय गरेका छन् ।





























प्रतिक्रिया