नयाँ वर्ष अफरः चांगनका गाडी किन्दा २ लाख ५० हजारसम्म छुट पाइने

नयाँ वर्ष अफरः चांगनका गाडी किन्दा २ लाख ५० हजारसम्म छुट पाइने

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि चांगन अटोको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले नयाँ वर्ष योजना सार्वजनिक गरेको छ। अफरलाई ‘एभ्रिथिङ न्यु, एभ्रिथिङ प्रिमियम’ को नाम दिइएको छ।

यो अफर वैशाख महिनाभरि लागू हुने कम्पनीले जनाएको छ। ग्राहकहरुले चांगनको नक्शालस्थित सोरुमबाट यो अफरको लाभ लिन सकिने बताइएको छ।

कम्पनीले सो अफर अन्तर्गत ग्राहकहरुका लागि विविध अफर समावेश गरेको छ। यस अन्तर्गत ग्राहकहरुले २ लाख ५० हजारसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै १ लाखसम्मको एक्सचेन्ज टपअप पनि प्राप्त गर्न सक्ने भएका छन् ।

अफरमा १ वर्षको निःशुल्क बीमा पनि समावेश गरिएको छ। हरेक टेष्ट राइड र एक्सचेन्जमा पनि विविध उपहार रहेको कम्पनीले जनाएको छ। यसका साथै पहिलो ५ जना प्रारम्भिक बुकिङका लागि अन्य थप लाभ रहेको कम्पनीले जानकारी दिएको छ।

Logo