कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, निर्वाचन घोषणा पत्रबारे छलफल हुने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, निर्वाचन घोषणा पत्रबारे छलफल हुने

केन्द्रबिन्दु
0
Shares

सत्तारुद्ध दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पौडेलका अनुसार स्थानीय तहको घोषणा पत्रमा समावेश गर्ने विषयबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बस्न लागेको हो । 

महामन्त्री गगन थापा संयोजकत्वमा कांग्रेसले घोषणा पत्र बनाइरहेको छ। विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव लिएर घोषणा पत्र निर्माण गर्ने काम भइरहेको पौडेलले बताए । कांग्रेसले वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गर्ने तय गरेको छ। 

Logo