भरतपुर महानगरमा गठबन्धनको उम्मेदवार रेनु

भरतपुर महानगरमा गठबन्धनको उम्मेदवार रेनु

केन्द्रबिन्दु
0
Shares

निर्वाचन नजिँकिदै गर्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरको मेयर पदका लागी गठबन्धनबाट रेणु दाहाल उम्मेदवार बन्ने निश्चित भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको तयारीमा रहेका सत्तारुढ गठबन्धनले मंगलबार चुनावी तालमेलको मापदण्डबारे सहमति गर्दै महानगर र उपमहानगरमा केन्द्रले नै टुंँगो लगाउने निर्णय गरेका छन् ।

यो निर्णयले भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रकै भागमा पर्ने निश्चित भएको छ । छोरी रेणुलाई मेयरमा दोहोर्याउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जिद पुरा हुने भएको छ । भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै चितवन कांग्रेसका नेता कार्यकर्ताहरुले विद्रोहको चेतावनी दिएपनि गठबन्धन नेतृत्वले त्यसलाई नजरअन्दाज गर्दै यस्तो सहमति गरेका हुन् ।

यसअघि भरतपुर महानगर माओवादीलाई दिने सहमति बनेको कुरा बाहिरिएपछि चितवन कांग्रेसले भरतपुरमा कांग्रेसकै उम्मेदवार हुनुपर्ने र केन्द्रले गठबन्धन गरे स्वतन्त्र उम्मेदवार दिने मंगलबार मात्रै चेतावनी दिएका थिए । तर मंगलबार साँझनै बसेको गठबन्धनका शिर्ष नेताहरुको बैठकले महानगर र उपमहानगरको प्रमुख उपप्रमुखको टुंगो केन्द्रबाट लगाउने सहमति गरेका हुन् । 

गठबन्धनका बैठकहरुमा नियमित सहभागी नेताहरुका अनुसार भरतपुर महानगरको मेयर माओवादीले नै राख्ने निश्चित भइसकेको छ । तल्लो तहमा जति नै विरोध भएपनि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भरतपुरमा रेणुलाई नै पुनः मेयर बनाउने सहमति बनिसकेको छ ।

Skip This
Skip This
Logo