भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भोजपुरको रामप्रसादराई गाउँपालिका-५ कावाखोलामा मंगलबार राति ट्रयाक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टरमा सवार रामप्रसादराई गाउँपालिका-७ बासिखोराका २० वर्षीय जेबि राईको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ईट्टा लिएर भोजपुरबाट बासिखोरातर्फ आउँदै गरेको प्रदेश १-०२-००३ त २२४९ नम्बरको ट्याक्टर गएराती १० बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी मानेभङज्याङले जनाएको छ ।

Logo