सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय तोकेको छ ।
कोरोना महामारी, बजेटको अभाव, राष्ट्रिय खेलकुद परिषद राखेपमा देखिएको विवाद लगायत कारण हरेक दुई-दुई वर्षमा हुनु पर्ने प्रतियोगिता अन्योलमा थियो ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको हो । प्रतियोगिता स्थल भने यसअघि नै गण्डकी प्रदेशको राजधानी पोखरामा हुने तय छ ।
युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले प्रतियोगिताको मिति तय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।
आठौं राष्ट्रिय खेलकुद २०७५ सालमा सञ्चालन भएको थियो ।





























प्रतिक्रिया