प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

शुक्रबार नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको हो ।   

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १५ रुपैयाँ बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम भएको छ।     

Logo