निर्वाचनबारे संशय पैदा गर्ने अभिव्यक्ति नदिन प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह

निर्वाचनबारे संशय पैदा गर्ने अभिव्यक्ति नदिन प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह

केन्द्रबिन्दु
0
Shares

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनको मितिप्रतिनै संशय हुने खालका अभिव्यक्ति आउने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

थपलियाले धेरै विषयमा बहस र छलफलपछि स्थानीय तह निर्वाचनको मिति तोकिएको भएपनि त्यसमाथि नै संशय हुने खालका अभिव्यक्ति कहीँ कतै आएको उल्लेख गर्दै आयोग चिन्तित रहेको बताएका हुन् । 

शनिबार जनकपुरमा आयोजित स्थानीय तहको निर्वाचनको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले आम मतदातालाई मतदानमा भाग लिन पाउने अधिकारप्रति सचेत बनाउने खालका समाचार सम्प्रेषण गर्न पनि सञ्चार माध्यामहरुलाई आग्रह गरे।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदातालाई दिग्भ्रमित पार्ने खालका समाचार कुनै पनि सञ्चार माध्यामहरुले सम्प्रेषण नगर्ने विश्वास व्यक्त गरे। उनले स्थानीय तह निर्वाचनमा स्थानीय तहकै सञ्चार माध्यमहरु निर्वाचन प्रचारप्रसारका लागि बढि उपयोगी हुने भएकाले त्यहाँकै लागि आयोगले बढि बजेट विनियोजन गरेको उल्लेख गर्दै सबै सञ्चार माध्यमहरुले विना भेदभाव त्यसको लाभ लिन सक्ने बताए।

Skip This
Skip This
Logo