नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बाेधन गर्न जाँदैछन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न अध्यक्ष ओली हुम्ला जान लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए ।
जिल्लाका तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रीत दुई वटा वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
बिहान ११ वजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमी भ्यालीमा प्रस्थान गर्ने र लिमी क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीले बताए।
लिमीका वासिन्दासँग भेटेपछि नेपाल र चीनको सीमाना नाम्खा गाउँपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गरेपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ। ओलीले जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बाेधन गर्ने कार्यक्रम छ।





























प्रतिक्रिया