सुनको मूल्य प्रतितोला ५०० ले बढ्यो, कतिमा काराेबार हुँदै ?

सुनको मूल्य प्रतितोला ५०० ले बढ्यो, कतिमा काराेबार हुँदै ?

केन्द्रबिन्दु
0
Shares

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले बढेर एक लाख दुई हजार ५०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजारमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ५०० थियो । 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले बढेर रु एक हजार ४२० पुगेको महासङ्घले जनाएको छ । बजारमा सुनचाँदीकाे आयातमा बैंकहरुले एलसी नखोलेपछि यसको प्रत्यक्ष प्रभाव देखिएको छ।

 विवाहको मौसम सुरु भएकाले सुन तथा चाँदीका माग बढ्ने हुँदा सरकारले यसको वैकल्पिक उपायमा ध्यान दिन व्यवसायीहरुले माग गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८५ डलर आसपास कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo