डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन्।
साेमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र एमालेका जिल्ला कमिटी सदस्य रहेका छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ समाजवादीमा प्रवेश गरेका हुन् ।
अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका थिए। संविधान, लोकतन्त्र, गणतन्त्र संस्थागत गर्न माधव नेपालले सही कदम चालेको विज्ञप्तिमा उल्लेख छ।





























प्रतिक्रिया