बझाङमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको हो ।
बझाङको दुर्गाथली गाउँपालिकाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका सात जिल्लामा महसुस गरिएको छ।
भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।





























प्रतिक्रिया