महानगरमा गठबन्धनबीच सहमति, कांग्रेसलाई तीन महानगरको नेतृत्व

महानगरमा गठबन्धनबीच सहमति, कांग्रेसलाई तीन महानगरको नेतृत्व

केन्द्रबिन्दु
0
Shares

पाँच दलीय गठबन्धनले महानगरपालिकाको भागबण्डा टुंग्याएका छन् । तीन दिनसम्म लगातार बसेको गठबन्धनआवद्ध दलका शीर्ष नेता र निर्वाचन तयारी तथा अनुगमन समितिका सदस्यहरुको संयुक्त बैठकले भागबण्डालाई अन्तिम रुप दिएको हो । स्थानीय कार्यकर्ताबाट बारम्बार आएको विरोध र आफ्नो पकड रहेको क्षेत्र नछाड्न आएको दबाबका कारण शीर्ष नेताहरु दबाबमा थिए। 

पोखरामा कांग्रेस र नेकपा एकीकृत समाजवादीको संयुक्त दाबीका कारण पनि गठबन्धनमा सहमति हुन सकिरहेको थिएन। बालुवाटारमा मंगलबार बसेको संयुक्त बैठकले कांग्रेसलाई तीन तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीलाई एकएक महानगरको नेतृत्व दिने गरी सहमति जुटाएको हो। सहमतिअनुसार काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व कांग्रेसले पाउने भएको छ। भरतपुरको माओवादी, पोखराको एकीकृत समाजवादी र वीरगन्जको जसपाले पाउने भएको नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

मंगलबार मात्रै पोखरा र भरतपुरका कार्यकर्ताले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मतदाताको अपमान नहुने गरि सहमति गर्न आग्रह गरेका थिए। चितवन कांग्रेसका सभापति राजेश्वर खनालले भरतपुर माओवादीलाई दिने भए कार्यकर्तालाई मनाउने जिम्मा आफुले नलिने स्पष्ट पारेका थिए। कास्की कांग्रेस नेता यज्ञबहादुर थापाले देउवासँगको भेटमा पोखरामा ६० हजारभन्दा बढी मत कांग्रेसको रहेको बताएका थिए।

Skip This
Skip This
Logo