बाराको कलैया उपमहानगरपालिका-१८ मनगढवामा मंगलबार बेलुकी टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीया कौशिला देवी रहेकी छन् ।
टेम्पोको ठक्करबाट गम्भीर भाइते भएकी उनको उपचारका क्रममा नेशनल मेडिकल कलेज बिरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । सडक पार गर्दे गरेकी उनलाई हिजो बेलुकी ८ बजे ना १ ह ६० ८२ नम्बरको टेम्पोले ठक्कर दिएको थियो । टेम्पो सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।





























प्रतिक्रिया