मेगा बैंक र दराजबीच छुट सम्झाैता

मेगा बैंक र दराजबीच छुट सम्झाैता

केन्द्रबिन्दु
0
Shares

मेगा बैंक नेपालका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन्।

मेगा बैंक र दराजबीच भएको सम्झौताअनुसार, मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुले सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन् ।

यसैगरी, क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ सयसम्मको छुटको व्यवस्था गरिएको छ। छुट सुविधाका लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्ने हुन्छ। 

नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले मेगा बैंकले यो सम्झौता गरेको हो। 

रबिना माझी (प्रशिक्षार्थी पत्रकार)

Skip This
Skip This
Logo