काठमाडौं ।
सरकारले नियमित उडान भएका मुलुकमा एयरलाइन्सहरुले उडानको थप अनुमति माग गरेमा पिसिआर रिर्पोट नेगेटिभ भएका यात्रुलाई ल्याउने गरी उडानको लागि अनुमति प्रदान गर्ने भएको छ ।
विहिबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर राय यादवबीच छलफल पश्चात प्रधानमन्त्री र उपप्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको सङख्या थप गर्ने समझदारी भएको छ ।
त्यस्तै, यस अगाडि निःशुल्क कामदार ल्याउँछु भन्दा पनि अनुमति नदिएको सरकारले अब भने कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने निर्णय पनि भएको छ ।
त्यस्तै, श्रम कल्याणकारी कोषबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशका नियोगसँग समन्वयमा उडानको ब्यबस्था गर्ने तथा नियमित उडान नभएका मुलुकमा पिसिआर रिर्पोट नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिने निर्णय गरिएको संस्कृतिm पर्यटन तथा नागरिक उड्डानमन्त्री योगेश भट्टराईले जनाएका छन् ।
मन्त्री भटट्राईले विदेशी भूमीमा अप्ठ्यारो अवस्थामा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाईलाई स्वदेश फिर्तीका लागि सरकारले सक्दो प्रयत्न गर्ने बताएका छन् ।





























प्रतिक्रिया