राष्ट्रिय प्रजातन्त्र पार्टी, सुशासन विभागका अध्यक्ष ज्ञानेन्द्र शाहीले अबको लडाईं भ्रष्टाचारीवरुद्ध हुने बताएका छन्। राप्रपाले जुम्लामा आयोजना गरेको आमसभामा उनले राप्रपाको लडाईं तथा प्रतिस्पर्धा कुनै पार्टीसँग नभएको बताएका हुन्।
उनले भने ,‘ हाम्रो लडाईं भ्रष्टाचारसँग हुन्छ। राप्रपाका उम्मेदवारलाई पनि भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु भनेर कसम खुवाउने छौँ। देश भ्रष्टाचारले थिलोथिलो भएकोले हामीले देशलाई बचाउनु छ।´
भ्रष्टाचारमुक्त देश बनाउन अभियान थालिएकाे उनले बताए।































प्रतिक्रिया