नेकपा एसले पाउने निर्णय भएको पोखराको मेयरका लागि कांग्रेसबाट १८ जनाको नाम सिफारिस

नेकपा एसले पाउने निर्णय भएको पोखराको मेयरका लागि कांग्रेसबाट १८ जनाको नाम सिफारिस

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले मेयर र उपमेयरको आकांक्षीहरुको नाम केन्द्रमा पठाउने भएको छ। महानगर अन्तर्गतका सभापतिहरुको भेलाले दुवै पदका आकांक्षीको नाम जिल्लामा पठाउने र जिल्लाले प्रदेश हुँदै केन्द्रमा पठाउने निर्णय गरिएको हो।

पोखराको मेयर पद एकीकृत समाजवादीलाई दिने केन्द्रीय सत्ता गठबन्धनले बुधबार साँझ निर्णय गरेपछि स्थानीयस्तरमा कांग्रेस नेता कार्यकर्ताहरु रुष्ट छन् । पोखरा महानगर समितिले त्यसको बिरोधमा जिल्ला कार्यालयमा तालाबन्दी गरिदिएको छ। त्यसपछि वडा सभापतिहरुको बैठक बसेको थियो । 

बैठकमा पोखराको नेतृत्व एकीकृत समाजवादीले लिने निर्णयको बिरोध भएको छ। उनीहरुले स्थानीय परिस्थितिको आँकलन नगरी केन्द्रबाट निर्णय लाद्ने काम भएकोमा आपत्ति जनाएका छन् ।

गठबन्धनलाई स्वीकारे पनि नेतृत्व कांग्रेसले नै पाउनुपर्ने उनीहरुको अडान छ। महानर समितिका सचिव गणेशबहादुर थापाले भने, ‘मेयर पद हामी अझै छोड्न सक्दैनौं। नेतृत्व कांग्रेसले पाउनुपर्नेमा हाम्रो जोडदार माग छ।’

पोखराको मेयरका लागि कांग्रेसबाट १८ र उपमेयरमा १० जनाले नाम टिपाएका छन् ।

मेयरमा सुदिपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण विजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, विन्दुकुमार थापा, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी,  विश्व घिमिरे र ऋषि सापकोटा आकांक्षी छन् ।

उपमेयरमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दिपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले नाम टिपाएका छन्। उनीहरु सबैको नाम जिल्लामा सिफारिस गरिएको छ।

Logo