नेपालका चिया उद्यमीलाई चीनको कलेजबाट तालिम

नेपालका चिया उद्यमीलाई चीनको कलेजबाट तालिम

केन्द्रबिन्दु
0
Shares

नेपालमा चिया खेती र चिया उद्योग विकासको लागि चीनको कलेजले नेपाली चिया उद्योगीलाई तालिम प्रदान गरेकाे छ।

 अनलाइनमार्फत चीनको सिन्जाओ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले साे तालिम गराएको हो । तालिम १९ दिनसम्म चलेको थियाे । जसमा नेपालका विभिन्न जिल्लाका चिया उद्यमीहरू सहभागी थिए । कार्यक्रममा सहभागीहरूले चिनियाँ कलेजले दिएको तालिम चियाको विकासमा फलदायी हुने अपेक्षा गरेका छन् । 

कार्यक्रममा सूर्योदय टी एसोसिएसनका गोपाल कट्टेल, चिया तथा कफी विकास बोर्डका प्रेम विष्ट, इलाम सामुदायिक कृषि क्याम्पसका प्रमुख डा. योगेन्द्रमान श्रेष्ठ, इटालीबाट प्रोफेसर लिभियो जनेनी, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले शुभकामना दिएका थिए । 

सिन्जाओ कलेजका प्रोफेसर डिन चाई सिवेन र अध्यक्ष लिको भिडियो म्यासेज स्क्रिनमा देखाइएको थियो। विदेशी अतिथिहरू पनि जुममार्फत साे कार्यक्रममा सहभागी भएका थिए । तालिममा सहभागी उद्यमीलाई ‘टी मास्टर’ को प्रमाणपत्र पनि प्रदान गरिएको थियाे।

रबिना माझी (प्रशिक्षार्थी पत्रकार)

Logo