चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पक्राउ

चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पक्राउ

केन्द्रबिन्दु
0
Shares

जाजरकोटकाे नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन्। चोरीको मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार वैशाख ४ गते जाजरकोट नलगाड-१ कल्पतस्थित सडकमा सवारीधनी कागजात नभएको लु५९प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएकाे प्रहरीले मोटरसाइकल बरामद गरेकाे थियाे। 

प्रहरी अनुसन्धानका क्रममा उक्त माेटरसाइकल नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुनले चलाइरहेकाे खुलेकाे थियाे। निजलाई खोजतलासकाे क्रममा वैशाख ६ मा प्रहरी टोलीले फेला पारेकाे थियाे। जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि पुनमाथि थप अनुसन्धान भइरहेको छ।

वडाध्यक्ष पुनले लामो समयदेखि उक्त मोटरसाइकल चलाउँदै आएका थिए। तर, उनीसँग मोटरसाइकलका कुनै कागजपत्र थिएनन्। वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन। उनी अहिले प्रहरी हिरासतमा छन् । वडाध्यक्षमा फेरि दोहाेरिने इच्छा राखेका उनलाई चोरी काण्डले धक्का लागेकाे छ।

Logo