सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि म्यादी प्रहरीमा नियुक्त भएका एक जनाको भीरबाट लडेर ज्यान गएको छ।
चौतारा साँगाचोकगढी नगरपालिका-६ का दुर्गासिंह बस्नेतकाे सोही नगरपालिकाको वडा नम्बर ७ स्थित मेलचौरमा प्रशिक्षणका लागि सहभागी हुने क्रममा लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बुधबार म्यादी प्रहरीको प्रशिक्षण कार्य सम्पन्न भए पश्चात् घर फर्किने क्रममा ज्यान गएको हो।
बिहीबार बिहान ६ बजे चौतारा-६ पिपलडाँडास्थित चौतारा नवलपुर सडक खण्डको डिलबाट खसेर ४० वर्षीय बस्नेतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए। उनका अनुसार भीरबाट लडेका म्यादी प्रहरी बस्नेतको शव ४० मिटर तल फेला परेको हो।





























प्रतिक्रिया