चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् ।
फेरि मेयरमा चुनाव लड्नका लागि दाहालले राजीननामा पदएकी हुन् । उनले उपप्रमुख पार्वती शाह ठकुरीसमक्ष बुझाएको राजीनामा स्वीकृत भैसकेको छ । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनपर्ने प्रावधान राखेको छ ।
पाँच दलीय गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रले र उपमेयर नेपाली कांग्रेसले पाउने सहमति भएको छ । माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनुलाई नै मेयरको उम्मेदवार बनाउने भएको छ।





























प्रतिक्रिया