कांग्रेसका चितवन सभापतिको कार्यकक्षमा तालाबन्दी

कांग्रेसका चितवन सभापतिको कार्यकक्षमा तालाबन्दी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस, चितवनका नेताहरुले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय, कमलनगरमा भएको भेलाले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसकै हुनुपर्ने अडान अघि सार्दै सभापतिको कार्यकक्षमा तालावन्दी गरेका हुन् । 

सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा भरतपुरको मेयर माओवादी केन्द्रको भागमा परेको छ भने कांग्रेसले उपप्रमुख लिएको छ । भरतपुरकी मेयर रेनु दाहालले पुनः मेयरमा उम्मेदवारी दिन आज पदबाट राजीनामा दिसकेकी छन् । भरतपुरको मेयर कांग्रेसकै हुनुपर्ने माग गर्दै आएका कांग्रेस नेताहरुले भने केन्द्रको निर्णयको विरोध गर्दै आएका छन् ।

Logo