महानगर र उपमहानगरको उम्मेदवार टुङ्गो लगाउँदै एमाले

महानगर र उपमहानगरको उम्मेदवार टुङ्गो लगाउँदै एमाले

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूको टुङ्गो आज लगाउँदै छ । भोलि मनोनयन दर्ताको समय भएकाले आजै उम्मेदवारहरूको टुङ्गो लगाउने भएको हो ।

एमालेलाई ललितपुर, भरतपुर र वीरगंजको प्रमुख पदका उम्मेदवार टुङ्गो लगाउन सहज छ । किनभने यी तीन महानगरपालिकाको प्रमुख पदमा एक/एक जना उम्मेदवार सिफारिस भएका छन्  ।  

ललितपुरबाट हरिकृष्ण ब्यञ्जनकार, भरतपुरबाट विजय सुवेदी र वीरगंजबाट विजय सरावगीको नाम सिफारिस भएको हो । 

उपप्रमुख पदका उम्मेदवारहरूको नाम सिफारिस नभएका कारण ती महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लाग्न बाँकी रहेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताएका छन् । 

अरू तीन महानगरपालिका काठमाडौं, पोखरा र विराटनगरबाट भने प्रमुख र उपप्रमुख पदमा धेरैको नाम सिफारिस भइसकेको छ । सिफारिसको अध्ययन र छानबिन गरेर पार्टी केन्द्रले प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लगाउने भएको छ । 

उम्मेदवार टुङ्गो लगाउन सहज पुग्ने गरी यसअघि नै एमालेले मापदण्ड बनाएको छ । सोहीअनुसार उम्मेदवार छनोट हुने गुरुङको भनाइ छ । यस्तै, ११ वटा उपमहानगरपालिकाको प्रमुख/उपप्रमुख पदका उम्मेदवारहरूको पनि नाम सिफारिस भइसकेको छ । 

Logo