लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

केन्द्रबिन्दु
0
Shares

सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनको घोषणापत्र आज सार्वजनिक गर्दैछ। 

कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र आज सार्वजनिक गर्न लागेको हो ।

घोषणापत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम छ। घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षाजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए । 

महामन्त्री थापा नेतृत्वको घोषणापत्र तयारी समितिमा यसअघि स्थानीय तहमा अनुभवप्राप्त जनप्रतिनिधिसँगै विकास तथा पूर्वाधार विज्ञ, अर्थ विज्ञलगायत सहभागी थिए ।

यसअघि नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल लगायत दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । 

Skip This
Skip This
Logo