काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता सुरु भएको छ। राष्ट्रिय यथार्थवादी पार्टी नेपालको तर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गराएका छन्।
राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो उम्मेदवारी नराम्रा उम्मेदवारलाई हराउन र राम्रालाई जिताउन मात्र भएको बताएका छन्। उनीपछि स्वतन्त्रतर्फबाट राजन कार्कीले मेयर पदमा मनोनयन दर्ता गराएका छन् ।
प्रदेश १ को विराटनगर महानगरपालिकाको मेयरमा पनि एक जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउने माधवराज वाग्ले हुन् । उनी यसअघि सोही महानगरपालिकाको वडा नम्बर–१० का अध्यक्ष थिए ।
यस्तै, पोखरा महानगरपालिकाको मेयर पदमा गणेश पौडेलको पनि मनोनयन दर्ता भएको छ। उनी ‘अटेरी अभियान’मा आबद्ध छन् । पाैडेल लेखक तथा स्तम्भकार पनि हुन् ।





























प्रतिक्रिया