स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय सभागृहमा पुगी उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
युवाहरुमाझ चर्चित रहेका ¥यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आएका थिए ।
पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले जित्ने दाबी गरे ।
उम्मेदवारी दिएका बालेन शाहको यस्तो छ प्रतिबद्धतापत्र
उम्मेदवारी दर्ता गर्नुअघि उनले आइतबार नै आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
उनको प्रतिबद्धतापत्रमा वृद्ध भत्ता वितरण घर-घरमै पुगेर गर्नेदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् ।
उनले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरूको होम डेलिभरी गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।































प्रतिक्रिया