कोरोना अपडेटः संक्रमणमुक्त हुनेभन्दा संक्रमित बढी

कोरोना अपडेटः संक्रमणमुक्त हुनेभन्दा संक्रमित बढी

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ४ हजार ७७५ नमूना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २७१ जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ लाख २३ हजार २१० रहेको छ।

Skip This
Skip This
Logo