गण्डकी प्रदेशमा १ महानगरसहित ८५ पालिका छन् । महानगरसहित २७ नगरपालिकाको मेयरमा १५१ जनाको उम्मेदवारी दर्ता भएको छ ।
उपमेयरमा भने ८४ जना मात्रै छन् । ५८ गाउँपालिकाको नेतृत्वका लागि १८२ जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जनाएको छ। उपाध्यक्ष बन्न भने १३७ को मात्रै उम्मेदवारी छ।
यस्तै, यहाँका ७५९ वडाहरूको अध्यक्षका लागि १ हजार ३९१ जनाले मनोनयन दर्ता गरेका छन् । महिला सदस्यमा ९ सय ८, दलित महिला सदस्यमा ७९० र दुई खुला सदस्यका लागि १ हजार ९६९ जनाको मनोनयन परेको छ।
गण्डकीमा कुल ५ हजार ६१२ जनाले मनोनयन दर्ता गराएका हुन्। सबैभन्दा बढी मनोनयन पोखरा महानगरमा परेको छ भने सबैभन्दा कम नार्पाभूमी गाउँपालिकामा परेको छ।































प्रतिक्रिया