आजदेखि मतपत्र जिल्ला जिल्लामा ढुवानी गरिने

आजदेखि मतपत्र जिल्ला जिल्लामा ढुवानी गरिने

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले आज (मंगलबार) देखि मतपत्र ढुवानी गर्ने भएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको मतदानका लागि मनोनयन दर्ता सकेपछि आयोगले आजदेखी मतदान स्थलहरूमा मतपत्र ढुवानी थाल्न लागेको हो । मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकप्टर पनि प्रयोग गर्ने आयोगले तयारी गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्रको ८० प्रतिशत छपाइ सकिएको पनि आयोगले जानकारी दिएको छ । स्थानीय चुनावका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको आयोगले सोमबार सम्ममा ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ सकिएको जनाएको छ । आयोगले सुरुमा दुर्गमका जिल्लाका लागि मतपत्र छापेको जनाएको छ । 

Logo