३५ हजार २२१ पदका लागि १ लाख २३ हजार ४ सय जना प्रतिस्पर्धामा

३५ हजार २२१ पदका लागि १ लाख २३ हजार ४ सय जना प्रतिस्पर्धामा

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा एक लाख २३ हजार बढी उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले साेमबार राति सार्वजनिक गरेकाे पछिल्लाे विवरण अनुसार आइतबार र साेमबार गरि १ लाख २३ हजार ४ सय  जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन दर्ताको  संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि) गर्ने क्रम जारी रहेकाले उम्मेदवारकाे संख्या बढ्ने आँकलन गरिएकाे छ । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे । 

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २२१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ। २०७४ काे स्थानीय तहकाे चुनावमा १ लाख ५१ हजार १९० जनाले उम्मेदवारी दिएका थिए ।

आज  उम्मेदवारको विरोधमा उजुरी दिन आयाेगले भनेकाे छ र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरि निर्णय गरि उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ । 

Logo