नौ महिनामा २ अर्ब ८० करोडभन्दा बढीको मासुजन्य वस्तु नेपाल भित्रियो

नौ महिनामा २ अर्ब ८० करोडभन्दा बढीको मासुजन्य वस्तु नेपाल भित्रियो

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा विभिन्न देशबाट नेपालमा २ अर्ब ८० करोड १ लाख ७३ हजार रुपैयाँको खसी, मासु तथा माछाजन्य वस्तु नेपाल भित्रिएको छ। २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको जिउँदो खसी, मासु तथा माछाजन्य वस्तु नेपालले आयात गरेको भन्सार विभागले जनाएको छ । 

विभागका अनुसार सो अवधिमा ४५ करोड २९ लाख ५९ हजार रुपैयाँको जिउँदो खसी नेपाल भित्रिएको छ। सो मूल्यमा ५० हजार ५८७ वटा खसी आयात गरिएको छ। सबै खसीहरु नेपालले भारतबाट आयात गरेको हो। 

पछिल्लो नौ महिनामा १३ लाख १२ हजार रुपैयाँको २२० वटा भेडा पनि नेपाल भित्रिएका छन्। सबै भेडाहरु नेपालले चीनबाट आयात गरेको हो। बितेका ९ महिनामा २ अर्ब ३४ करोड ५९ लाख १ हजार रुपैयाँको माछा र माछाजन्य वस्तु नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ।

नेपालमा माछा र माछाजन्य वस्तुहरु अष्ट्रेलिया, क्यानडा, फ्रान्स, हंगेरी, मलेसिया, थाइल्याण्ड, बेलायत, अमेरिका, युनाइटेड अरब इमिरेट्स, अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, ब्राजिल, बुल्गेरिया, चेक रिपब्लिक, हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, कुवेत फिलिपिन्स, कतार लगायतका देशबाट भित्रिने गरेको छ । 

Logo