शेयर बजार : १५ दशमलव शून्य २ अंकले घट्यो नेप्से

शेयर बजार : १५ दशमलव शून्य २ अंकले घट्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको तेस्रो दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । 

साताको दोस्रो दिन सोमबार ३४ दशमलव ९५ अंकले घटेको बजार आज १५ दशमलव शून्य २ अंकले घटेर २ हजार ३७० दशमलव ९९ विन्दुमा झरेको हो । 

मंगलबार २२८ वटा धितोपत्रको ३४ लाख १९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ४ करोड ६० लाख १४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

मंगलबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी लगानी समूहको १ दशमलव ३९ प्रतिशतले घटेको हो । 

त्यस्तै, आज पनि जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा सिद्धार्थ बैँक लिमिटेडको ४ करोड २१ लाख ८२ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।  

Skip This
Skip This
Logo