ब्याडमिन्टनमा भएको अनियमितता छानबिन गर्न गठन गरिएको उपसमितिको १५ दिन म्याद थप

ब्याडमिन्टनमा भएको अनियमितता छानबिन गर्न गठन गरिएको उपसमितिको १५ दिन म्याद थप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को दौरान ब्याडमिन्टन खेलका सामाग्री खरिद तथा वितरणमा अनियमितता भएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले छानबिनका लागि उपसमिति गठन गरेको छ । खेलमा भएको अनियमितताको चौतर्फी आलोचनापछि राखेपका बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा छानबिन उपसमिति गठन गरिएको थियो । उपसमितिलाई तोकिएको २१ दिनको समय सीमा सकिएपछि पुनः छानबिन उपसमितिको म्यान १५ थप गरिएको छ ।

सागमा ब्याडमिन्टनको म्याट र खेलाडीको जुत्तामा अनियमितता भएको विषयमा चौतर्फी आलोचना भएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साउन ३० गते राखेपलाई पत्रमार्फत भ्रष्टाचार छानबिन गर्न निर्देशन दिएका थिए । त्यस अनुरुप राखेप बोर्ड सदस्य समेत रहेका गोबिन्द भट्टराईको नेतृत्वमा उपसमितिले अध्ययनलाई तीव्रता दिएको थियो । २१ दिनभित्र प्रतिवेदन बुझाउनु भने पनि राजधानीमा जारी निषेधाज्ञाका कारण अझै पूरा भएको छैन । उपसमिति संयोजक भट्टराईले केही बयानहरु लिन बाँकी रहेको भन्दै बाँकी प्रमाण जुटाउने काम अन्तिम चरणमा पुगेको र थप गरिएको म्यादमा पूरा हुने बताए । समितका संयोज भट्टराईले सम्बध पदाधिकारीसँग बयान र कागज पत्र संकलनको काम पूरा भइसकेको जानकारी दिए ।

त्यस्तै २१ दिने समय सीमामा भट्टराई नेतृत्वको ५ सदस्यीय उपसमितिले प्रारम्भिक चरणको गृहकार्य सम्पन्न गरेको छ । समय थप भएपछि बयान लिने काम भएको छ । सम्बन्धित क्षेत्रबाट कागजपत्र लिने काम भइरहेको उनले जानकारी दिए । केही व्यक्तिहरुसँग छलफल गरेर मात्रै निष्कर्षमा पुग्न सकिने अवस्था नभएको र बयान लिनुपर्ने केही व्यक्तिहरु उपत्यका बाहिर भएकाले समय लागेको उनको भनाइ छ । सहज वातावरण बनेपछि तोकिएको समयमा प्रतिवेदनमा बुझाउने उनको दाबी छ । यसका साथै उपसमितिले सातदोबाटोस्थित राखेप परिसरमा भएको रुख कटानको बारेमा पनि छानबिन गरिरहेको छ । यो विषयमा पनि छानबिन टोलीलाई जिम्मा दिइएको थियो ।

Logo