असोज १ गतेबाट यातायात सञ्चालन गर्ने अनुमति नदिए सबै गाडी सडकमा उतार्ने व्यवसायीको चेतावनी

असोज १ गतेबाट यातायात सञ्चालन गर्ने अनुमति नदिए सबै गाडी सडकमा उतार्ने व्यवसायीको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

६ महिनादेखि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन तथा निषेधाज्ञाले ठप्प रहेका यातायात असोज १ देखि लामो, छोटो, मध्यम सबै खालका रुटका संचालन गर्न दिन यातायात व्यवसायीहरुले माग गरेका छन् । यदि व्यवसायीको मागलाई सरकारले व्यवस्था गरे सबै गाडी सडकमा उतार्ने उनीहरुले बताएका हुन् ।

बुधबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीका तीनवटै संगठनका प्रतिनिधिबीच भएको छलफलमा उनीहरुले सरकारको असोज १ देखि सबै खालका सवारीसाधन संचालन गर्नु पर्ने निर्णयलाई यथावत राख्न आग्रह गरेका छन् ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने, ‘अब यातायात व्यवसायीहरु रोकिएर बस्न सक्ने अवस्था छैन । महिनौंदेखि सवारीसाधन थन्किएर कुहिन थालिसकेका छन् । सरकारले असोज १ गतेदेखि यातायात सञ्चालन गर्ने दिने निर्णय अनुसार चलाउन पाउनु पर्छ ।’ उनले भने, ‘असोज १ बाट सबैखाले सवारीसाधन संचालनका लागि हामी तयार भएर बस्छौं ।’

स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रोटोकल पालना गरेर सवारीसाधन संचालन गरिने उनले बताए । ’कुनै विकल्प छैन । न केहि राहत छ, न सहुलियत । अब पनि चलाउन नदिए व्यवसायी कसरी बाँच्ने ? भन्दै उनले आक्रोश पोखेका छन् ।

यता, यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले विभागले निर्णय गर्न नसक्ने भन्दै माथिल्लो निकायमा कुरा राख्ने व्यवसायीहरुसँग प्रतिवद्धता जनाएका छन् ।

Skip This
Skip This
Logo