५ हजार ८९१ नमूना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण

५ हजार ८९१ नमूना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ८९१ नमूना परीक्षण गर्दा ११ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन्।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ लाख २३ हजार ५९० रहेको छ।

Logo