आईपीएल : सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात प्लेअफ नजिक

आईपीएल : सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात प्लेअफ नजिक

केन्द्रबिन्दु
0
Shares

सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)- २०२२ मा सातौं जित निकाल्दै  प्लेअफ नजिक पुगेकाे छ।

जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए। राहुल टेवाटियाले ४० रनको योगदान गरे। हैदराबादका उमरान मलिकले एक्लै ५ विकेट लिए।

यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो ।

हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ६५ रन बनाए। यस्तै एडेन माक्ररमले ५६ रनको योगदान गरे। गुजरातका मोहम्मद शामीले ३ विकेट लिए।

जितपछि गुजरात ८ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ। राजस्थान रोयल्स ८ खेलबाट  १२ अंक जोडेर  दोस्रो स्थानमा छ।

Logo