सुनको मूल्य १२ सयले बढ्याे, ९९ हजार दुई सय रुपैयाँ कायम

सुनको मूल्य १२ सयले बढ्याे, ९९ हजार दुई सय रुपैयाँ कायम

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ शुक्रबार प्रतितोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा काराेबार भइरहेकाे छ। बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ भने स्थिर छ। बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ।

Logo