विमानस्थलका कर्मचारीकै मिलेमतोमा सुन तस्करीको प्रयास, पाँच जना पक्राउ

विमानस्थलका कर्मचारीकै मिलेमतोमा सुन तस्करीको प्रयास, पाँच जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कर्मचारीकाे मिलेमताेमा तस्कर हुन लागेकाे अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच जना पक्राउ परेका छन् । दुई किलोभन्दा बढी सुनसहित प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका सफाइ कर्मचारीसहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले उनीहरुलाई २ किलो ३३२ ग्राम सुनसहित बिहीबार राति पक्राउ गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा स्क्रीनिङ गर्दा सुन बोकेको पत्ता लागेपछि प्रहरीले पाँचथरको याङवरक गाउँपालिका–४ का २८ वर्षीय भीमकुमार माबोल र नुवाकोटको तादी गाउँपालिका–५ का २७ वर्षीय सुमन तामाङलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुको वयानका आधारमा प्रहरीले उदयपुर लिम्चुङबुङ गाउँपालिका–२ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका–२ का ट्याक्सी चालक वर्ष ४१ का हेमबहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिमार्फत् विमान भित्र सरसफाइ गर्नेगराउने भनी सुपरभाइजरको रुपमा ड्युटीमा खटिएका सप्तरीको सुरुङ्गा नगरपालिका–४ का  ३६ वर्षीय ताराकान्त चौधरीलाई पनि पक्राउ गरेको छ । भीमकुमार र सुमन सुनगाभा सप्लायर्स एण्ड प्रालिमार्फत् विमानस्थलको सरसफाइमा खटिएका कर्मचारी हुन्। 

दुबईबाट काठमाडौं आएको हिमालय एयरको विमान सरसफाइका लागि गएका बेला भीमकुमारले विमानको शौचालय भित्र फोहरसँगै रहेको सुनको विस्कुट बाहिर ल्याएर सुमनलाई दिएका थिए । टेपले बेरेर पर्समा राखी बाहिर निकाल्नेक्रममा भीमकुमार र सुमनको साथबाट प्रहरीले १०/१० थान सुन बरामद गरेको हो ।

विमास्थल प्रहरीका प्रमुख एसएसपी भीमप्रसाद ढकालले सुन तस्करीबारे अनुसन्धान सुरु भएको बताए । पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको ढकालले जानकारी दिए ।  

Skip This
Skip This
Logo