पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका विमलबहादुर कार्कीलाई लालटिन चिह्न दिइएको छ। कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
उनलाई उम्मेदवारी फिर्ताका लागि पटक पटक अनुरोध गर्दा पनि फिर्ता नलिएको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरि कारबाही गरिसकेको छ।
गठबन्धनको विरोधमा कांग्रेसकै अन्य दुई नेताले पनि उम्मेदवारी दिएका थिए । नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले भने शुक्रबार नै उम्मेदवारी फिर्ता लिएका छन्।
यस्तै, अटेरी अभियानको सुरुवात गर्ने पोखराका अटेरी उम्मेदवारहरुलाई लौरो चिन्ह दिइएको छ। मेयरदेखि वडाध्यक्षसम्मका उम्मेदवारले अब लौरोबाट भोट माग्न पाउनेछन्। पोखरामा मेयरका लागि २३ र उपमेयरमा ८ जनाको प्रतिस्पर्धा छ।





























प्रतिक्रिया