वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ। आयोगले शनिबार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो।
आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन। यस्तै, विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन ।
६ वटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ। अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ।































प्रतिक्रिया